बारमा सत्ता गठबन्धनको बर्चश्व, अध्यक्षमा गठबन्धनका घिमिरे १७५१ मतले अगाडि

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरे जितनजिक देखिएका छन् ।
पछिल्लो अपडेट अनुसार घिमिरेले तीन हजार सात सय २८ मत पाएका छन् । प्रतिस्पर्धी एमाले निकटका कानुन व्यवसायी विष्णुमणि अधिकारीले एक हजार नौ सय ७७ मत ल्याएका छन् । घिमिरे सत्ता गठबन्धनबाट कांग्रेसको कोटाबाट अध्यक्षको उम्मेदवार बनेका थिए ।
घिमिरले एक हजार सात सय ५१ मतले अग्रता लिएका हुन् ।
महासचिवबाहेक सबै पदमा गठबन्धन समूह अघि रहेको बार स्रोतले जनाएको छ । निर्वाचनको परिणाम शुक्रबार आउने बताइएको छ ।
ताजा अपडेट
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका तीन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
प्रतिपक्षी दलको बैठक जारी
-
बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा
प्रतिक्रिया