NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कांग्रेस, एमालेविरुद्ध होइन भ्रष्टाचार र बेरोजगारीविरुद्ध लड्दैछौँ : ज्ञानेन्द्र शाही

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टी कांग्रेस, एमाले र माओवादीविरुद्धको लडाईंमा नभएको बताएका छन् ।

उनले सत्तामा पुग्नका लागि ठूला पार्टीहरुविरुद्धको लडाईंमा राप्रपा नभएको बताए । राप्रपाले भ्रष्टाचार, बेरोजगारी र कुशासनलाई मुख्य दुश्मनको रुपमा लिएको र त्यसैका विरुद्ध लडाईं गर्ने बताए ।

स्याङ्जाको चापाकोटमा आयोजित आमसभालाई बिहीबार सम्बोधन गर्दै उनले भने, ‘देशको मुख्य समस्या बेरोजगारी हो, भ्रष्टाचार र कुशासन हो, राप्रपा यिनै समस्यासँग लड्दै देशमा सुशासन स्थापित गर्ने लडाईंमा छ । हामी कुनै अमुक दलको विरुद्ध लडाईंमा छैनौं।’

उनले राप्रपासँग विद्यमान समस्यासँग लडेर मुलुकलाई समृद्धिको बाटोमा हिडाउने आँट र क्षमता भएको समेत बताए । देशमा भ्रष्टाचार, कुशासन र बेथिति मौलाएको भन्दै शाहीले भने, ‘समस्या यतातिर छ, हामी अरु दललाई गाली गरेर बस्ने पक्षमा छैनौँ । सुधारको नेतृत्व गरेर देखाउन चाहन्छौँ ।’

के राप्रपाको पक्षमा साँच्चै जनमत बढेको हो ? – NepalWatch