सुनचाँदीको मूल्य बढ्यो
काठमाडाैै । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ५ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँ नै बढेको हो ।
महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको हो । महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ कायम भएको छ । उक्त सुन बुधबार प्रतितोला ९८ हजार ५ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया