अर्थमन्त्रीले आफ्नो असक्षमता लुकाउन गर्भनरमाथि कारवाही गर्छन् : गोकुल बास्कोटा

काठमाडौं । एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले अर्थमन्त्री जनार्दन शर्माले तेस्रो चौमासिक सकिने समयमासमेत पुँजीगत खर्च २५ प्रतिशत गर्न नसकेको टिप्पणी गरेका छन् ।
अर्थमन्त्री शर्माले लोकरिँंझाईका सस्ता कार्यक्रम गर्ने, हुण्डी कारोबर गर्न छुट दिने, स्रोत नखुलेको सम्पत्ति लगानी गर्ने गरेको उनले आरोप लगाएका छन् । ‘प्रदेशमा वाल्कोनी पिच्छे मन्त्रालय खोल्ने सरकार र उनका अर्थमन्त्री अब आफ्नो अक्षमता लुकाउन गभर्नरमाथि जाई लाग्ने छन्’, शुक्रबार सामाजिक सञ्जालमा उनले टिप्पणी गरेका छन् ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया