सुरक्षाको ‘निःशब्द’ सार्वजनिक
काठमाडौं । यात्राका क्रममा कोही अपरिचित मान्छे भेटियो, एकै नजरमा मन पनि पर्यो तर बोल्न र मनको भावना पोख्न नसकेको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘निःशब्द’ नाम दिइएको भिडियोमा गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई गीतकार रमेश दाहालले लेखेका हुन् । गीतलाई अस्ट्रेलियामा रहेका संगीतकार टीका दाहालले संगीतबद्ध गरेका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन छ ।
‘निःशब्द ओठ मेरो खुल्दै खुलेन’, ‘बोलुँ भन्छु, तर मुख खुलेन’, ‘तिम्रा सामू मनका कुरा खुल्दै खुलेन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । मन परेको मानिसनजिकै भए पनि भावना व्यक्त गर्न नसकिएको प्रसङ्ग म्युजिक भिडियोमा देखाइएको छ ।
म्युजिक भिडियोमा गायिका सुरक्षा सेञ्चुरी र नायक आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका सेञ्चुरीको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।
youtube.com/watch?v=ystVAViEUas
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया