NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

सुरक्षाको ‘निःशब्द’ सार्वजनिक

काठमाडौं । यात्राका क्रममा कोही अपरिचित मान्छे भेटियो, एकै नजरमा मन पनि पर्यो तर बोल्न र मनको भावना पोख्न नसकेको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘निःशब्द’ नाम दिइएको भिडियोमा गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई गीतकार रमेश दाहालले लेखेका हुन् । गीतलाई अस्ट्रेलियामा रहेका संगीतकार टीका दाहालले संगीतबद्ध गरेका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन छ ।

‘निःशब्द ओठ मेरो खुल्दै खुलेन’, ‘बोलुँ भन्छु, तर मुख खुलेन’, ‘तिम्रा सामू मनका कुरा खुल्दै खुलेन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । मन परेको मानिसनजिकै भए पनि भावना व्यक्त गर्न नसकिएको प्रसङ्ग म्युजिक भिडियोमा देखाइएको छ ।

म्युजिक भिडियोमा गायिका सुरक्षा सेञ्चुरी र नायक आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका सेञ्चुरीको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।

youtube.com/watch?v=ystVAViEUas