NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३० गते
संघर्ष

जोधाहा रेफ्री

काठमाडौं । पाँच दशकअघि सन् १९७१ को कुरा हो । ब्राजिलमा एमिलियो गारास्टाजु मेडिसोन राष्ट्रपति थिए । उनी क्रूर थिए । त्यसैले मानिसहरू उनकोनजिक पर्नसम्म डराउँथे । उनी कतिसम्म सामन्ती र दमनकारी थिए भने विरोधी मत सुन्नै चाहँदैनथे । उनको सैन्य शासन मानिसहरूलाई यातना दिने र असन्तुष्टहरूको हत्याकै भरमा टिकेको थियो । तर लि क्याम्पोस नाम गरेकी एक युवती उच्च मनोबल बनाएर यी क्रूर शासकलाई भेट्न जाने अठोट गरिन् ।

उनले शासकको सहयोगबाट रेफ्री बन्ने सपना पूरा हुने विश्वास गरिन् । त्यस समय ब्राजिलका खेलकुद अधिकारी जोआओ ह्याभेलान्जे छिट्टै फिफा अध्यक्ष बन्दै थिए ।

त्यसको चार वर्षअघि नै क्याम्पोस रेफ्रीको रूपमा योग्य भइसकेकी थिइन् । उनी त्यसो गर्ने विश्वका पहिलो महिलाहरूमध्ये एक थिइन । तर ब्राजिलको खेलकुद प्राधिकरण सिबिडीले उनलाई रेफ्रीको काम दिन अस्वीकार गर्यो ।

‘म स्कुल पढ्दा केटाहरूसँग फुटबल खेल्न खोज्थेँ । तर शिक्षकहरूले यो राम्रो होइन भनेर मलाई रोक्थे,’ सुदूर विगतमा घोत्लिँदै उनले भनिन्, ‘बुबाआमाले फुटबल महिलाहरूले खेल्नका लागि बनेको होइन भने’

त्यस समयमा संगठित महिला फुटबललाई प्रतिबन्ध लगाइएको दक्षिण अमेरिकी देशमध्ये ब्राजिल एक थियो । इंग्ल्यान्डमा पनि महिला फुटबललाई प्रतिबन्ध लगाइएको थियो । सन् १९४१ मा पारित कानूनले ब्राजिलका महिलालाई खेल खेल्न रोक लगाएको थियो । सन् १९५८ देखि सिबिडीको नेतृत्व गरेका हाभेलान्जेले ‘महिलाको शरीर पुरुषको खेलमा उपयुक्त छैन,’ भनेर क्याम्पोसलाई अस्वीकार गरेका थिए ।

उनले महिलाहरू महिनावारी हुनेजस्ता विविध कारणले पुरुषहरूको खेलमा सहभागी हुन नसक्ने धारणा व्यक्त गर्दै आफ्नो कार्यकालमा महिलालाई रेफ्री हुन नदिने जिद्दी गरे ।

सन् १९४५ मा दक्षिण पूर्वी ब्राजिलियन राज्य मिनास गेराइसको एउटा सानो सहर अबेटेमा जन्मिएकी क्याम्पोसले सानै उमेरदेखि फुटबलमा रुचि राख्थिन् । उनी मोजाको बल बनाएर खेलेको सम्झिछिन् । रेफ्री बन्ने सपना देखेकी क्याम्पोसले सानैदेखि सबै पक्षबाट निराशाको सामना गरिन् ।

‘म स्कुल पढ्दा केटाहरूसँग फुटबल खेल्न खोज्थेँ । तर शिक्षकहरूले यो राम्रो होइन भनेर मलाई रोक्थे,’ सुदूर विगतमा घोत्लिँदै उनले भनिन्, ‘बुबाआमाले फुटबल महिलाहरूले खेल्नका लागि बनेको होइन भने ।’

फुटबल खेल्नको सट्टा उनलाई आमाबाबुले सौन्दर्य प्रतियोगितामा पठाए । उनले नियमित प्रतियोगिताहरू जित्ने गर्थिन् । सन् १९६६ मा कु्रजेइरोमा काम सुरु गरिन् । कामकै क्रममा उनले आफ्ना टोलीसँग पुरै देश घुमिन् । पुनः उनको फुटबलप्रतिको मोह जाग्यो ।

‘यदि मैले खेल्ने प्रयास गरेको भए, समर्थन प्राप्त गर्न असम्भव हुन्थ्यो त्यो समयमा महिलाले फुटबल खेल्नु अवैध थियो’ उनले भनिन्, ‘कानुनमा महिलालाई फुटबललाई खुट्टाले हान्न रोक लगाइएको थियो तर सिट्टी बजाउन प्रतिबन्ध लगाएको उल्लेख त थिएन नि ।’

‘म डराएको थिएँ, हामी तानाशाहीको अधीनमा थियौं र मैले देशको प्रणालीलाई नै चुनौती दिइरहेको थिएँ । मेरो दिमागमा गिरफ्तार हुने वा बेपत्ता हुन सक्ने विचारहरू आए ।’

सन् १९६७ मा क्याम्पोसले ८ महिना रेफ्री तालिम लिइन् । विश्व इतिहासमा उनी पहिलो महिला रेफ्री नहुन सक्छिन् तर ब्राजिलकाे इतिहासमा भने पहिलाे मानिन्छ ।

सन् २०१८ मा फिफाले टर्कीस महिला दर्शन अर्दालाई पहिलो महिला रेफ्रीको रुपमा लिइएको थियो । अर्दाले नोभेम्बर १९६७ मा रेफ्रीको अनुमति पत्र लिएकी थिइन् र सन् १९६८ जुनमा पहिलो म्याच गरेकी थिइन् । पछि फिफाले अन्य महिला रेफ्रीहरूको विवरण पनि सार्वजनिक गर्यो ।

अर्दापछि सन् १९६६ मा क्वालिफाइड भएकी स्वीडेनकी इन्ग्रिड होल्मग्रेन, १९३५ मा रेफ्री भएर काम गरेकी अष्ट्रेलियाली एडिथ क्लिन्जर पनि पहिलो महिला रेफ्रीको सूचीमा समावेश भए । फिफाले आधिकारिक रुपमा पहिलो महिला रेफ्री को हो भनेर निश्चित गर्न सकेको छैन । यसबारे अझै पनि अनुसन्धान भइरहेको छ ।

क्याम्पोसको समयमा अन्य महिला रेफ्रीहरू भए पनि उनी ब्राजिलकी पहिलो महिला भने निश्चित रुपमा बनिन् । ब्राजिलमा महिला फुटबलरलाई मात्र नभएर महिला पदाधिकारीलाई पनि प्रतिबन्ध लगाएको दाबी गर्दै तालिम सकेपछि क्याम्पोसलाई अनुमतिपत्र दिन अस्वीकार गरियो ।

‘मैले कानुनी सल्लाह खोजेँ र कानुनमा त्यस्तो भिन्नता नभएको कुरामा आश्वास्त भएँ तर अधिकारीहरूले सुन्न चाहेनन्’, उनले भनिन् । त्यसपछिका धेरै वर्ष सिबिडी र ह्याभेलान्जेसँग उनले मुद्दा लडिन् ।

तस्बिरः बिबिसी

महिलामाथिको प्रतिबन्ध उचित होइन भनेर उनले मैत्रीपूर्ण खेलहरू आयोजना गरेर चेतना जगाउन खोजिन् । तर क्रूर तानाशाही शासनको समयमा उनको असन्तुष्टिलाई गम्भीर रुपमा लिइयो र क्याम्पोसलाई कम्तिमा १५ पटकभन्दा बढी गिरफ्तार गरियो ।

महिलाप्रति भइरहेको लैंगिक भेदभाव र ब्राजिलीहरूको पितृसत्तात्मक सोचविरुद्ध लडिरहेकै समयमा सन् १९७१ मा उनलाई मेक्सिकोमा हुने महिला विश्वकपमा सहभागी हुन निमन्त्रणा आयो । उनी त्यो मौका गुमाउन चाहन्थिनन्, तर यसका लागि ह्याभेलान्जेलाई जित्नु आवश्यक थियो । उनी क्याम्पोसका लागि ठूलो अवरोधक थिए ।

त्यसबेला एक मात्र उपाय भनेको शक्तिको सहारा लिनु थियो । त्यतिबेला उनको सौन्दर्य प्रतियोगिता काम लाग्यो ।

क्याम्पोसले जितेका धेरै सौन्दर्य प्रतियोगिताहरूमध्ये एक मिना गेराइस क्षेत्रको ‘आर्मि क्विन’ थियो । उनले स्टेट कमाण्डरलाई राष्ट्रपति मेडिसीसँग कुरा गर्ने व्यवस्था मिलाइदिन आग्रह गरिन् । त्यसपछि ३ मिनेटको समय उनले पाएकी थिइन् । उनले हाभेलान्जेविरुद्ध निर्णय गर्न राष्ट्रपतिसँग आग्रह गरिन् । यसपछि मेडिसीले केही दिनमै राष्ट्रपति कार्यालय ब्राजिलियामा क्याम्पाेसलाई भेट्ने बताए ।

‘म डराएको थिएँ, हामी तानाशाहीको अधीनमा थियौं र मैले देशको प्रणालीलाई नै चुनौती दिइरहेको थिएँ । मेरो दिमागमा गिरफ्तार हुने वा बेपत्ता हुन सक्ने विचारहरू आए ।’

पछिल्ला वर्षहरूमा उनको स्वास्थ्य बिग्रियो, उनलाई दुईपटकसम्म हृदयघात भयो । मे २०२० मा कोभिड महामारीले क्याम्पोसको जीवनमा नराम्ररी प्रहार गर्यो ।

क्याम्पाेस ब्राजिलियामा राष्ट्रपति भेट्न उडिन् । उनले हाभेलान्जेलाई रेफ्रीको लाइसेन्स दिन पठाएको पत्र पाइन् । साथै जनरलले राष्ट्रपतिकाे नजिकका सर्कलमा क्याम्पाेसका प्रशंसक धेरै भएको पनि जानकारी पाइन् ।

‘शासक मेडिसीका छोराले मेरो करिअरलाई नजिकबाट हेरेका थिए, उनीसँग मेरा तस्बिर, अखबारका लेखसहितको स्क्र्यापबुक थियो’ उनले भनिन्, ‘सायद मेडिसीले ह्याभेलान्जेलाई आदेश दिनुको कारण पनि यही थियो । जे भए पनि, भविष्यका फिफा अध्यक्षले पनि शासकको आदेशमाथि प्रश्न उठाउने साहस गर्न सक्दैनथे ।’

सन् १९७१ मा ह्याभेलान्जेले एक प्रेस सम्मेलन बोलाएर भने, ‘क्याम्पोसलाई अब रेफ्रीको रूपमा काम गर्न अनुमति दिइनेछ,’ क्याम्पोसले थपिन्, ‘मेडिसीले सबैजनाको अघि उद्घोष गरे : ‘ब्राजिलले अब पहिलो महिला रेफ्री पाउनेछ ।’

क्याम्पोसले ब्राजिल भरि रेफ्री गरेका ९८ खेलमध्ये सबै तल्लो डिभिजनका थिए । त्यहाँ महिला रेफ्रीको उपस्थिति छुट्टै आकर्षणको रूपमा बेचिन्थ्यो । उनलाई काममा धम्की दिने र सेक्स सिम्बोलका रुपमा हेरिन्थ्यो । अखबारहरूले शंकास्पद किसिमका धेरै कार्टुनहरू छापेका थिए ।

तीमध्ये एउटाले महिला रेफ्री भएकाले खेलाडी ले उत्तेजित हुने बताएको थियो । उनी सन् १९७२ मा प्रतिद्वन्द्वी क्रुजेइरो र एट्लेटिको मिनेइरोबीच भएको अन्डर–२३ खेलको सम्झिन्छिन्, ‘खेलअघि एट्लेटिकोका निर्देशक मेरो अगाडि आएर आफ्नो सर्ट माथि सारेर मलाई बन्दुक देखाए । खेलमा क्रुजेइरोले ४ गाेलले जितेपछि उनले मलाई अंकमाल गरे ।’

क्याम्पोस रेफ्रीकाे अनुभव भन्दै जाँदा आफूलाई खेलाडी खेलका क्रममा रिसाए पनि अरु बेला आफ्नो इज्जत गरेको बताउँछिन् ।

सन् १९७५ मा क्याम्पोस बस दुर्घटनामा परिन् । उनको बायाँ खुट्टामा गहिरोे चोट लाग्यो । उनी दुर्घटनामा परेको बस ह्याभेलान्जे परिवारको स्वामित्वमा रहेको कम्पनीको थियो ।

दुर्घटनाका कारण क्याम्पोसका १०० भन्दा बढी शल्यक्रिया भए, उनले दुई वर्ष ह्विलचियरमा बिताइन् । उपचारका क्रममा उनले न्युयोर्कमा कोलम्बियाली खेलकुद लेखक लुइस एडुआर्डो मेडिनालाई भेटिन् र सन् १९९० को दशकमा अमेरिकामा विवाह गरिन् ।

‘किन कुनै पनि महिला पुरुष विश्वकप खेलको लागि रेफ्री हुन सक्दिनन्’ उनी प्रश्न गर्छिन्, यो साँच्चै नै हास्यास्पद छ ।’

अमेरिकामा उनले कन्फेक्सनरको रुपमा आफ्नो जीवनलाई पुनः सुरू गरिन् र न्युयोर्क, न्युजर्सी क्षेत्रमा ब्राजिलियन प्रवासी समुदायका बीचमा लोकप्रिय भइन् ।

पछिल्ला वर्षहरूमा उनको स्वास्थ्य बिग्रियो, उनलाई दुईपटकसम्म हृदयघात भयो । मे २०२० मा कोभिड महामारीले क्याम्पोसको जीवनमा नराम्ररी प्रहार गर्यो । उनका श्रीमान लुइसले जागीर गुमाएपछि यी दम्पती गम्भीर आर्थिक कठिनाइमा परे । उनीहरू घरबारविहिन भएकाले साथीको घरमा बस्नुपर्यो ।

त्यसपछि ब्राजिलका रेफ्रीहरूको क्राउडफन्डिङ अभियानले क्याम्पोस र उनका पतिलाई न्युजर्सीमा एउटा अपार्टमेन्ट भाडामा लिन पर्याप्त पैसा उठ्यो ।

‘उनीहरूले जे गरे, त्यो निकै सुन्दर थियो, म धेरै कृतज्ञ छु’ क्याम्पोसले भनिन् । यसले मलाई मेरो सबै संघर्ष व्यर्थ थिएनन भन्ने बनायो ।

महिला रेफ्रीहरूले खेलमा कसरी भूमिका खेलिरहेका छन् भनेर विचार गर्दा उनी गर्वका साथ बोल्छिन् । फ्रान्सेली रेफ्री स्टेफनी फ्रापार्ट सन् २०२० मा पुरुष च्याम्पियन्स लिगमा काम गरिन् ।

‘स्टेफनीको सफलता मेरो पनि विजय हो भन्ने मैले महसुस गरे, मैले गरेको संघर्ष सबै सार्थक भयो, आफूलाई अझै फल फलाउन सक्ने पुरानो रुख जस्तो लाग्यो’ उनले भनिन् । फ्रापार्टको ल्यान्डमार्क लामो समयदेखि बाँकी थियो । महिला रेफ्रीहरूले सन् १९७० को दशकदेखि लामो यात्रा तय गरेका छन्, तर क्याम्पोस खेलकुदमा अझै पनि लैंगिक भेदभाव रहेको विश्वास गर्छिन् ।

‘किन कुनै पनि महिला पुरुष विश्वकप खेलको लागि रेफ्री हुन सक्दिनन्’ उनी प्रश्न गर्छिन्, पुरुष र महिला रेफ्रीहरू एउटै कठोर प्रशिक्षणबाट गुज्रिन्छन्, तर पनि उनीहरूलाई किन भेदभाव गरिन्छ ?, यो साँच्चै नै हास्यास्पद छ ।’

(बिबिसीबाट अनुदित)