चार तस्बिरमा हेर्नुहोस् बारका विजयी
काठमाडौं । नेपाल बार एशोसिएसनको पदाधिकारी र सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले प्यानल नै जितेका छन् । १९ चैतमा भएको मतदानबाट अध्यक्षसहितका पदाधिकारी र सदस्य सत्तारुढ गठबन्धनले जितेका हुन् ।
अध्यक्षमा सत्ता गठबन्धनका कांग्रेस निकटका गोपालकृष्ण घिमिरे विजयी भए । उनले एमाले निकटको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका विष्णमणि अधिकारीलाई भारी मतले पराजित गरेका हुन् । विजयी घिमिरे डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत हुन् ।
घिमिरले चार हजार चार चार सय ७४ मत ल्याएर जिते । एक हजार ९ सय ९२ मतले पछि पर्दै एमाले निकटका अधिकारीले दुई हजार चार सय ८२ मत मात्रै ल्याए ।
महासचिवमा सत्ता गठबन्धनबाटै माओवादी निकटकी अञ्जिता खनाल विजयी भइन् । यो पदमा प्रगतिशीलका केदार कोइराला पराजित भए । कोषाध्यक्षमा पनि सत्ता गठबन्धनका भरतबहादुर राउत विजयी भएका छन् । जगत कार्की पराजित भए ।
एमाले निकटका कानुन व्यवसायीलाई पराजित गरेपछि बार परिसरमा विजयी पक्षले विजयोत्सव मनाएका छन् ।




बारअध्यक्षमा कांग्रेस निकटका घिमिरे १९९२ मतले विजयी, पदाधिकारीमा कसले कति मत ल्याए ?
तस्बिर अञ्जना अर्यालकाे फेसबुकबाट
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया