को हुन् भारी मतले बार एशोसिएसनको अध्यक्ष जित्ने घिमिरे ?
काठमाडौं । स्थानीय तहको निर्वाचन अघि सत्ता गठबन्धनमा आवद्ध दल निकटका कानुन व्यवसायी मिल्दा एमाले निकटका कानुन व्यवसायीले नमिठो पराजय बेहोरेका छन् ।
नेपाल बार एशोसिएसनकाे अध्यक्षसहितका पदाधिकारी र सदस्यमा सत्ता गठबन्धनले भारी मतसहित प्यानल नै जितेको छ ।
अध्यक्षमा ७ हजार चार सय २९ मत खसेकोमा गोपालकृष्ण घिमिरे चार हजार चार सय ७४ मत ल्याएर विजयी भए । उनको जित अन्तर १९९२ रह्यो । यो भनेको ६०.२२ प्रतिशत हो ।
अध्यक्षमा पराजित विष्णुमणि अधिकारीले दुई हजार चार सय ८२ मत मात्रै ल्याए ।
विजयी घिमिरे कांग्रेस निकटका कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसियनका पूर्व अध्यक्षसमेत हुन् ।
बीचमा अर्का संयोजकले राजीनामा दिएपछि घिमिरेलाई कांग्रेसले १४ औं महाधिवेशन गर्न निर्वाचन समितिको संयोजक बनाएको थियो ।
सत्ता गठबन्धनकै तर्फबाट बारको अध्यक्षमा लड्न घिमिरेले निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका थिए ।
संस्थापन शेरबहादुर देउवा निकटका घिमिरे १३ औं महाधिवेशनका बेला पनि निर्वाचन समितिका सदस्य थिए ।
विजयी घिमिरे र पराजित अधिकारी दुवै वरिष्ठ अधिवक्ता हुन् ।
भारतबाट एलएलएम गरेका घिमिरे संवैधानिक कानुनका विज्ञ मानिन्छन् । वाणिज्यसम्बन्धी कानुनका पनि उनी जानकार मानिन्छन् ।
घिमिरे चितवनका हुन् ।
बारअध्यक्षमा कांग्रेस निकटका घिमिरे १९९२ मतले विजयी, पदाधिकारीमा कसले कति मत ल्याए ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया