अदालतको फैसला : इमरान खानले अविश्वासको प्रस्तावको सामना गर्नैपर्ने
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान रोक्ने कदम असंवैधानिक ठहर गरेको छ ।
मतदान रोक्ने कदम असंवैधानिक ठहर गर्दै सर्वोच्चले आज प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावमा मतदान अघि बढाउन आदेश दिएको हो ।
साथै, सर्वोच्चले शनिबार संसद्को बैठक बस्नसमेत आदेश जारी गरेको छ । त्यहाँ हुने मतदान खानको विपक्षमा आउने अनुमान गरिएको छ ।
गत आइतबार मात्र प्रधानमन्त्री खानको सत्ताधारी पार्टी पिटिआईले संसद्मा उनीविरुद्ध पारित हुने ठानिएको अविश्वास प्रस्तावमाथिको मतदान रोकिदिएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया