अदालतको फैसला : इमरान खानले अविश्वासको प्रस्तावको सामना गर्नैपर्ने
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान रोक्ने कदम असंवैधानिक ठहर गरेको छ ।
मतदान रोक्ने कदम असंवैधानिक ठहर गर्दै सर्वोच्चले आज प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावमा मतदान अघि बढाउन आदेश दिएको हो ।
साथै, सर्वोच्चले शनिबार संसद्को बैठक बस्नसमेत आदेश जारी गरेको छ । त्यहाँ हुने मतदान खानको विपक्षमा आउने अनुमान गरिएको छ ।
गत आइतबार मात्र प्रधानमन्त्री खानको सत्ताधारी पार्टी पिटिआईले संसद्मा उनीविरुद्ध पारित हुने ठानिएको अविश्वास प्रस्तावमाथिको मतदान रोकिदिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया