प्रचण्डका भाइ राष्ट्रियसभामा मनोनित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन) लाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छिन् । सरकारको सिफारिसमा दाहाल राष्ट्रिय सभामा मनोनित भएका हुन् ।
उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।
निर्वाचन आचारसंहिता लाग्नुपूर्व नै दाहाललाई मनोनित गरिएको हो । रामनारायण बिडारीको पद सकिएपछि उनलाई मनोनित गरिएको हो ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दाहाल माओवादीका केन्द्रीय सदस्य ह्न । उनी यस अघि माओवादीको वाग्मती प्रदेश अध्यक्ष पनि भएका थिए ।
निर्वाचन आचारसंहिता सुरु हुनुपूर्व सरकारले एकपछि अर्को गर्दै यस्ता महत्वपूर्ण निर्णय गरेको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया