नेपाल र बङ्गलादेशबीच अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्न जोड

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा क्षेत्रीय मञ्च, संयुक्त राष्ट्रसङ्घ र विश्व व्यापार सङ्गठन जस्ता बहुपक्षीय मञ्चहरूको घनिष्ठ सहकार्यलाई थप अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुई देशले व्यापार, पर्यटन, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य र साझेदारीलाई आगामी दिनमा अझ प्रभावकारीका साथ विस्तार गर्नुपर्ने बताए ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापन भएदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उहाँले द्विपक्षीय विकासका समान एजेण्डा रहेको बताए । सो अवसरमा मन्त्री डा खड्काले नेपालको अपार सम्भावना रहेको जलविद्युत् क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकारलाई आह्वान गरे ।
नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दीन नमन चौधरीले नेपालले बङ्गलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा प्रारम्भिक मान्यता दिएको उल्लेख गर्दै त्यसपछि कूटनीतिक सम्बन्ध स्थापना भई दुवै देशबीचको घनिष्ठ मित्रता कायम रहिरहेको बताए । उनले दुई देशबीच विद्युत् विकास र विस्तारमा जोड दिदै पारस्परिक सहयोग र सहकार्यबाट व्यापार, लगानी, कनेक्टिभिटीमा अभिवृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे ।
ताजा अपडेट
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
-
चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने
-
सुस्ता झोलुङ्गे पुल जोखिममा
-
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
प्रतिक्रिया