मौसम : कतै वर्षा, कतै बदली, सुधार हुन तीन दिन लाग्ने
काठमाडौं । काठमाडौंसहित देशभरको मौसममा बदलाव आएको छ । कतिपय स्थानमा वर्षा नै भइरहेको छ भने अधिकांश स्थानमा बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटा नयाँ प्रणालीका कारण नभई स्थानीय र पश्चिम वायुको प्रभावले मौसम प्रभावित भएको बताउँछन् ।
महाशाखाका अनुसार, हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
संघीय राजधानी काठमाडौ र यस आसपासका जिल्लामा पनि अहिले पानी परिरहेको छ ।
मौसमविद् सापकोटाका अनुसार, प्रदेश १, वाग्मती र गण्डकीमा पनि आज वर्षा हुने सम्भावना छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने पनि उनले जानकारी दिए ।
‘कुनै उल्लेख्य मौसमी प्रणाली देखानपरे पनि स्थानीय र पश्चिमी वायुका कारण पर्सिसम्म मौसम यस्तै रहने देखिन्छ,’ मौसमविद् सापकोटाले नेपालवाचसँग भने ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया