कपिलवस्तुमा अस्पताल बन्दै
कपिलवस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिकामा १५ श्ययाको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताए । महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमिक उपचार सेवा केन्द्रको उत्तरतर्फ एक बिघा बढी जग्गामा निर्माण थालिएको यस अस्पतालमा जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसी डेन्टल आँखालगायत आधारभूत सेवा उपलब्ध हुने नगरप्रमुख कलामले बताए ।
प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र चौधरीले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्न लागिएको तीमध्ये छ वडामा बर्थिक सेन्टर सञ्चालन भइसकेको जानकारी दिए । प्राथमिक उपचार सेवा केन्द्रमा अहिले एक्स–रे सेवा, चार वटा ल्याबलगायत भौतिक पूर्वाधारसमेत विस्तार गरिएको छ । नगरकै गौरवको योजनाका रूपमा रहेको अस्पताल निर्माणको काम अघि बढेकाले आम नागरिक खुसी भएको स्थानीयवासी जगन्नाथ पुरीले बताए ।
नगरपालिकाले रु २८ करोडको लागतमा अस्पताल बनाउन टेण्डर आह्वान गरेकामा कुमाररोयल जेबीले रु १५ करोड ४६ लाखमा निर्माण गर्ने गरी ठेक्का हाल परेको छ । लिफ्ट सिस्टम, आपाङ्गतामैत्री वातावरणसहितको एक हजार २०० स्क्वायर फिटमा तीनतले र २९ कोठे अस्पताल निर्माण गरिने भएको छ ।
आगामी अप्रिल २०२४ मा भवन निर्माणको काम सकिने निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र स्वाँरले जानकारी दिए । भवन शिलान्यासका अवसरमा प्राथमिक सेवा उपचार केन्द्रलाई जग्गा दान दिने गङ्गोत्री चौधरी, शत्रुघनप्रसाद चौधरी, अंशु बर्मा, राधेकिशुन जैसवाल र शन्तराम बरइलाई सम्मान गरिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया