NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भारतमा संक्रमण बढेपछि सतर्क रहन राज्य सरकारलाई निर्देशन

नयाँ दिल्ली । चीन र अमेरिका पछि भारतमा पनि काेभिड-१९ को संक्रमण बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले पाँच राज्यलाई सर्तक हुन चेतावनी दिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले दिल्ली, हरियाणा, केरला, महाराष्ट्र र मिजोरमका सरकारहरूलाई सतर्कता बढाउन र संक्रमण दर बढ्नुको कारणबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न आग्रह गर्दै पत्र काटेका छन् ।

स्वास्थ्य मन्त्रालयले ती राज्यहरुमा दैनिक संक्रतिमको संख्या बढ्दै गएकाले सतर्क हुनुपर्ने वेला आएको बताएको छ । यसलाई ध्यानमा राख्दै राज्य सरकारहरूले अवस्थाको गम्भीरतापूर्वक समीक्षा गरेर आवश्यक परे कोभिड-१९ सम्बन्धी नयाँ दिशानिर्देश जारी गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

देशको एक क्षेत्रतिर संक्रमितको संख्या लगातार घट्दै गएको भए पनि दिल्ली, महाराष्ट्र, हरियाणा, केरला र मिजोरममा पछिल्लो सात दिनमा पोजेटिभ दर अचानक बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा केरलामा ३५३, महाराष्ट्रमा ११३, हरियाणामा ३३६ र मिजोरममा १२३ जनामा ​​संक्रमण देखिएको छ ।

भारतको अवस्था हेर्दा शुक्रबार १ हजार १ सय ९ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४३ जनाको मृत्यु भएको छ । बिहीबार देशभर एक हजार ३३ जनामा ​​कोरोना संक्रमण पुष्टि थियो ।

नयाँ भेरिएन्टको खतराबीच भारत सरकारले १८ वर्षभन्दा माथिका सबैलाई अप्रिल १० गतेदेखि कोरोना भ्याक्सिनको तेस्रो डोज लगाउने भएको छ । यो स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका व्यक्तिलाई निशुल्क र बाँकीसँग शुल्क लिनेछ ।