विप्लव नेकपा पनि सत्ता गठबन्धनमा !
काठमाडौं । विप्लव नेतृत्वको नेकपामा निर्वाचनमा सहभागी हुने विषयलाई लिएर मतान्तर छ । एउटा पक्ष वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा जानुपर्ने पक्षमा छ भने अर्को विपक्षमा खडा छ ।
कलहमा फसेको यही दलको एउटा गाउँपालिका कमिटीले भने एक कदम अघि बढेर सत्ता साझेदार दलसँग गठबन्धन नै गर्ने निर्णय गरेको छ ।
विप्लव नेतृत्वको नेकपाको प्युठानस्थित माण्डवी गाउँपालिकाले नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर आगामी स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय लिएको हो ।
शुक्रबार यी दल सम्मिलत बैठकपछि विज्ञप्ति जारी गरिएको छ । जसको व्यहोरामा आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दलीय अस्तित्व स्वीकार गर्ने गरी गठबन्धनसहित एक ढिक्का भएर अघि बढ्ने उल्लेख छ । त्यसमा विप्लवका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया