विराटनगर मेयरका लागि एमालेको सर्ट लिस्टिङ, लालबाबु अटाएनन्
काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर आकांक्षी धेरै भएपछि पाँच जनाको नाम सर्ट लिस्टिङ गरेको छ । एमाले विराटनगर कमिटीको शनिबार बसेको बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो ।
एमाले विराटनगर कमिटीका अनुसार, मेयर उम्मेदवारका लागि बाबुराम कार्की, रामलाल साह, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरिएको छ । यो महानगरपालिकाको मेयरमा लालबाबु पण्डितको नामसमेत चर्चामा रहे पनि उनको नाम भने अटाएन ।
बैठकले पाँच जनाको नाम सिफारिस गर्दै केन्द्रमा पठाएको छ । एमालेमा महानगरपालिकाको उम्मेदवारबारे जिल्ला कमिटीले सिफारिस गर्ने र केन्द्रले अन्तिम किनारा लगाउने थिति बाँधिएको छ ।
त्यसैगरी, उपप्रमुखमा एमालेले तीन जना उम्मेदवार सिफारिस गरेको छ । अञ्जु उपाध्याय, शिल्पा कार्की र विमला घिमिरेको नाम उपप्रमुखमा सिफारिस गरिएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया