NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

अब काठमाडौंमा बस चढ्नेबित्तिकै २० रूपैयाँ

काठमाडौं । संघ सरकारले लामो दूरीको सवारी साधनको भाडा समायोजन गर्दै वृद्धि गरेलगत्तै छोटो दूरीका सार्वजनिक तथा मालबाहक सवारी साधनको पनि भाडा वृद्धि भएको छ ।

भौतिक पूर्वाधार तथा यायायातमन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले लामो दूरीको भाडा समायोजन गरेको एक सातामा नै वाग्मती प्रदेश सरकारले पनि भाडा बढाएको हो ।

काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारी साधनमा चढ्नेबित्तिकै २० रूपैयाँ भाडा लाग्ने भएको छ । आगामी १ वैशाखदेखि लागू हुने भाडाअनुसार ५ किलोमिटरसम्मको भाडादर २० रूपैयाँ कामय गरिएको छ । यसअघि १८ रूपैयाा थियो । प्रदेश सरकारले १० किमिसम्मको भाडा २५ रूपैयाँ, १५ किमिसम्मको ३० रूपौयाँ, २० किमिसम्मको ३३ रूपैयाँ र २० भन्दामाथि दूरीका लागि ३८ रूपैयाँ भाडा कायम गरेको छ । राजधानी दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष