कडा लकडाउनले आक्रोशित चिनियाँहरुले बाँड्न राखेको खानेकुरा लुटे

सांघाई । झन्डै २ करोड ६० लाख जनसङ्ख्या भएको चीनको आर्थिक राजधानी सांघाईमा अहिलेसम्मकै ठूलो कोरोना विष्फोटका कारण पछिल्लो २२ दिनदेखि लकडाउन जारी छ । शुन्य कोभिड नीतिअन्तर्गत त्यहाँ कडा प्रतिबन्धहरू लागू गरिएको छ । जसका कारण खाद्यान्न र औषधिको अभाव भएको छ ।
त्यहाँ शुक्रबार अबेर राति ठूलो संख्यामा मानिसहरु लकडाउनको आदेश तोडेर सडकमा उत्रिएर बितरण गर्न राखिएको खानाका बट्टाहरु लुटेका छन् । लकडाउनका कारण आवश्यकता अनुसारको खानेकुरा पाउन नसकेपछि उनीहरुले लुटपाट गरेका हुन् । सांघाईमा एउटा अपार्टमेन्टमा केवल दुई व्यक्तिमात्र खाना लिन जान पाउँछन् ।
चीनमा शुन्य कोभिड नीतिअन्तर्गत कडा कोरोना प्रोटोकल लागू गरिएको छ । त्यहाँ बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्छ । चीनमा संक्रमितहरु होम आइसोलेसन वा क्वारेन्टाइनमा बस्न निषेध गरिएको छ । साना बालबालिकालाई पनि अस्पताल भर्ना गर्नुपर्ने भएपछि अभिभावकहरु पनि आक्रोशित छन् ।
लकडाउनका कारण मानिसहरु घरबाट बाहिर निस्किनसमेत पाएका थिएनन् । सांघाईमा रहेको कार्यालयमा स्वास्थ्य कर्मचारीलाई घर जान पनि नदिई राखिएको छ । त्यहाँ २० हजारभन्दा बढी कर्मचारी छन् ।
शुक्रबार पनि सांघाईमा ओमिक्रोन भेरिएन्टका २३ हजार छ सय नयाँ संक्रमित भेटिएका थिए । लकडाउनको ३ साताभन्दा बढी समय बितिसक्दा पनि नयाँ संक्रमितको संख्यामा कमी आएको छैन ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया