सुनको मूल्य ८०० रूपैयाँले उकालो

काठमाडाैं । आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८५ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७० रुपैयाँ तोकेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया