रोनाल्डोको युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने खतरा !
काठमाडौं । सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित म्यानचेस्टर युनाइटेड अर्को सिजन युइएफए च्याम्पियन्स लिगमा छनोट नहुने खतरा बढेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति तुलनात्मक कमजोर एभर्टनसँग १–० गोल अन्तरले पराजित भएपछि युनाइटेड समस्यामा परेको हो ।
जारी लिगमा ७ खेलमात्र युनाइटेड सातौं स्थानमा छ । प्रिमियर लिगमा शीर्ष ४ मा रहेका टोलीले मात्र युरोपकै सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता खेल्न पाउँछन् । यस्तोमा सातौं स्थानमा रहेको युनाइटेडलाई गाह्रो भएको हो ।
३१ खेल खेलेको युनाइटेडले ५१ अंकमात्र जोडको छ । अझै युनाइटेडले लिभरपुल, चेल्सी, आर्सनलजस्ता ठूला टोलीसँग खेल्न बाँकी छ ।
युनाइटेडको अहिलेको तय हेर्दा च्याम्यिन्स लिग त परको कुरा पाँचौ स्थानमा रहँदै युरोपा लिग खेल्नसमेत समस्या पर्ने देखिन्छ ।
लिगमा छैटौँ हुने टोलीले कन्फ्रेन्स लिग खेल्न पाउँछ । युनाइटेड त्योभन्दा पनि बाहिर छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया