रोनाल्डोको युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने खतरा !

काठमाडौं । सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित म्यानचेस्टर युनाइटेड अर्को सिजन युइएफए च्याम्पियन्स लिगमा छनोट नहुने खतरा बढेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति तुलनात्मक कमजोर एभर्टनसँग १–० गोल अन्तरले पराजित भएपछि युनाइटेड समस्यामा परेको हो ।
जारी लिगमा ७ खेलमात्र युनाइटेड सातौं स्थानमा छ । प्रिमियर लिगमा शीर्ष ४ मा रहेका टोलीले मात्र युरोपकै सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता खेल्न पाउँछन् । यस्तोमा सातौं स्थानमा रहेको युनाइटेडलाई गाह्रो भएको हो ।
३१ खेल खेलेको युनाइटेडले ५१ अंकमात्र जोडको छ । अझै युनाइटेडले लिभरपुल, चेल्सी, आर्सनलजस्ता ठूला टोलीसँग खेल्न बाँकी छ ।
युनाइटेडको अहिलेको तय हेर्दा च्याम्यिन्स लिग त परको कुरा पाँचौ स्थानमा रहँदै युरोपा लिग खेल्नसमेत समस्या पर्ने देखिन्छ ।
लिगमा छैटौँ हुने टोलीले कन्फ्रेन्स लिग खेल्न पाउँछ । युनाइटेड त्योभन्दा पनि बाहिर छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया