को बन्दैछ पाकिस्तानको नयाँ प्रधानमन्त्री ?
पाकिस्तान । इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार)का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि इमरान खान सरकारलाई सत्ताबाट बहिर्गमित गरिएको छ।
कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए । मतदानका क्रममा सत्तारुढ पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)का सदस्यहरू उपस्थित थिएनन्।
राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ ।
उनले सोमबार बिहान ११ बजे अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)का अध्यक्ष शेहबाज शरीफ, जो हाल नेशनल एसेम्बलीमा विपक्षी नेता छन् आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया