सलमानको नेपाल भ्रमण : १५ सय सुरक्षाकर्मी, ७ अंगरक्षक
काठमाडौं । आगामी जेठ १३ मा नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानको सुरक्षाका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ ।
आयोजक ओडिसी इन्टरटेन्मेन्ट र हिता ग्रुपले सलमानको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो ।
उनी जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि एक दिनअघि नेपाल आउँदै छन् । सलमानसँगै अन्य बलिउड कलाकार पनि नेपाल आउन लागेका छन् ।
सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको आयोजकले जनाएका छन् ।
साथै, कार्यक्रममा ६०० देखि ७०० सेक्युरिटी फिल्डमा उतारिनेछ भने ओडिसीबाट २०० स्वयंसेवक पनि खटिनेछन् ।
सलमानको सुरक्षाका लागि ओडिसीले सातजना पर्सनल अंगरक्षक (बडिगार्ड)सँगै सरकारसँग पिएसओसमेत मागिने आयोजकले जनाएका छन् ।
तीन दिने भ्रमरण आउन लागेको सलमानको टिम सोल्टी होटलमा बस्ने छ । सलमानको टिमलाई ६ करोड भारु पारिश्रमिक दिएर नेपाल ल्याउन लागिएको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया