यती एयरलाइन्सको ‘यती एक्स्ट्रा केयर’ स्किम सार्वजनिक
काठमाडौं । यती एयरलाइन्सले नयाँ वष २०७९ वैशाख एक गतेबाट ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ । एयरलाइन्सले सानिमा जनरल इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी उक्त स्किम ल्याएको हो ।
एयरलाइन्सका प्रवक्ता सुदर्शन बतौलाका अनुसार यात्रुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न यो योजना ल्याइएको हो । यस योजनाअन्र्तगत यतीको मोबाइल एप तथा वेवसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिन सम्मका लागि एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्राप्त गर्ने छन् ।
यो योजना तीन महिनासम्म लागू हुने बतौलाले जानकारी दिए ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया