आत्मघाती गोलले खुमलटारलाई पहिलोपटक ‘ए’ डिभिजनमा पुर्यायो

काठमाडौं । खुमलटार युथ क्लब शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ ।
’बी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमाआज सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बूले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को जित निकाल्दै ‘ए’ डिभिजनमा बढुवा भएको हो ।
यसअघि सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
तर, लिम्बूले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को जित निकाल्न पुग्यो ।
जितसँगै खुमलटार ’बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहँदै ‘ए’ डिभिजनमा उक्लिएको हो ।
खुमलटार पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको हो ।
ताजा अपडेट
-
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
-
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै
-
आजको मौसम : ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
-
मनसुनजन्य विपद्: विगतमा के भयो, के सिकियो ?
प्रतिक्रिया