बक्स अफिसमा हजार करोड कमाउने तेस्रो भारतीय फिल्म बन्यो आरआरआर
यतिबेला भारतीय फिल्म आरआरआरले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । ५ सय ५० करोड बजेटमा बनेको यो फिल्म प्रदर्शनमा आएको तेस्रो हप्ता अर्थात् १६ दिनमै विश्वभरबाट हजार करोड भन्दा धेरै कमाइ गरिसकेको छ ।
भारतमा अभिनेता आमिर खान अभिनित दंगल र प्रभासको बाहुबली २ पछि हजार करोड क्लबमा प्रवेश गर्ने तेस्रो फिल्म बनेको छ आरआरआर ।
भारतमा सय करोड क्लबमा प्रवेश गर्ने अभिनेतामध्येमा आमिर खान, राना दगुबती र प्रभास थिए । यो सूचिमा अब रामचरण र जुनियर एनटिआर पनि प्रवेश गरेका छन् ।
फिल्ममा राम चरण तेजा, जुनियर एनटिआर, अजय देवगन र आलिया भट्टलगायतको अभिनय रहेको छ । फिल्मलाई एसएस राजामौलीले निर्देशन गरेका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया