दिल्लीले शीर्ष स्थानको कोलकत्तालाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेको हो ।
आइतबार साँझ मुम्बईमा भएको खेलमा दिल्लीले कोलकत्तालाई ४४ रनले हराएको हो ।
दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो ।
यस जितसँगै दिल्लीले ४ खेलमा ४ अंक जोडेको छ ।
दिल्ली छैटौं स्थानमा रहेको छ भने हारका बाबजुद कोलकत्ता ५ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा कायम छ ।
प्रतिक्रिया