श्रीमतीको हत्या अभियोगमा एक पक्राउ
उदयपुर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ५ सिसाघारीका ४२ वर्षीया पोष्टराज दाहाल रहेका छन् ।
उनले श्रीमती ३८ वर्षीया नानुमाया दाहालको चिर्पट प्रहार गरी हत्या गरेको उदयपुर प्रहरीले जनाएको छ । उनले श्रीमतीलाई बसिरहेको अवस्थामा चिर्पटले हान्दा घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया