खानेपानी मन्त्रालयका सूचना अधिकारी भन्छन्, ‘भोलि मेलम्चीको पानी उद्घाटन हुँदैछ भन्ने जानकारी छैन’
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी भोलि (मंगलबार) दोस्रो पटक उद्घाटन हुने विषय अहिले बाहिर आएको छ ।
मंगलबार अम्बाथान पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानीमन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्न लागेको समाचार विभिन्न सञ्चारमाध्यमा आइरहेको छ ।
तर, खानेपानी मन्त्रालयकै सूचना अधिकारीलाई भने प्रधानमन्त्री देउवाले भोलि मेलम्चीको पानी उद्घाटन गर्ने विषय जानकारी छैन ।
सूचना अधिकारीसमेत रहेका सहसचिव विनोदकुमार खनालले मेलम्चीको पानी भोलि काठमाडौं आउन लागेको विषय आफूलाई जानकारी नभएको बताए ।
प्रधानमन्त्री र खानेपानीमन्त्रीले उद्घाटन गर्ने विषयबारे त उनले झनै अनविज्ञता प्रकट गरे ।
‘प्रधानमन्त्रीले भोलि मेलम्चीको पानी उद्घाटन गर्ने भन्ने विषय औपचारिक रूपमा निर्णय भएको छैन’, नेपालवाचसँग उनले भने, ‘यो विषय मलाई कसैले जानकारी नै दिएको छैन ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया