तीन दिनभित्र स्पष्टीकरण दिन एकीकृत समाजवादीलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भए-नभएकोबारे तीन दिनभित्र स्पष्टीकरण दिन नेकपा (एकीकृत समाजवादी)लाई निर्देशन दिएको छ ।
सोमबार नियमित पत्रकार सम्मेलन गर्दै आयोगले चैत २६ मा काठमाडौंमा भएको आमसभामा उक्त पार्टीले आचारसंहिता उल्लङ्घन भएको गुनासो गरेपछि स्पष्टीकरण सोधेको हो ।
‘निर्वाचन आचारसंहिता सबै दलले पालना गर्नुपर्छ । यसमा आयोग एक्लैले केही गर्न सक्दैन’, आयोगले भनेको छ, ‘एकीकृत समाजवादी पार्टीले आचारसंहिता उल्लङ्न गरेको गुनासो आएका छन् । त्यसबारे तीन दिनभित्र आयोगमा उपस्थिति भइ स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।’
यस्तै सञ्चारमाध्यमले निर्वाचन संहिता पालना नगरेकोबारे छानबिन गर्न प्रेस आयोगले काउन्सिलसँग सहकार्य गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि चैत २५ देखि आयोगले जारी गरेको आचारसंहिता लागू भएको छ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया