तीन दिनभित्र स्पष्टीकरण दिन एकीकृत समाजवादीलाई निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भए-नभएकोबारे तीन दिनभित्र स्पष्टीकरण दिन नेकपा (एकीकृत समाजवादी)लाई निर्देशन दिएको छ ।
सोमबार नियमित पत्रकार सम्मेलन गर्दै आयोगले चैत २६ मा काठमाडौंमा भएको आमसभामा उक्त पार्टीले आचारसंहिता उल्लङ्घन भएको गुनासो गरेपछि स्पष्टीकरण सोधेको हो ।
‘निर्वाचन आचारसंहिता सबै दलले पालना गर्नुपर्छ । यसमा आयोग एक्लैले केही गर्न सक्दैन’, आयोगले भनेको छ, ‘एकीकृत समाजवादी पार्टीले आचारसंहिता उल्लङ्न गरेको गुनासो आएका छन् । त्यसबारे तीन दिनभित्र आयोगमा उपस्थिति भइ स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।’
यस्तै सञ्चारमाध्यमले निर्वाचन संहिता पालना नगरेकोबारे छानबिन गर्न प्रेस आयोगले काउन्सिलसँग सहकार्य गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि चैत २५ देखि आयोगले जारी गरेको आचारसंहिता लागू भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया