सुनको मूल्य ८ सय रूपैयाँले उकालो
काठमाडाैं । सोमबार प्रतितोला २ सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार ८ सय रूपैयाँ बढेको छ । आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक लाख १ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेर एक लाख ३ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै सोमबार स्थिर चाँदीको भाउ मंगलबार बढेको छ । मंगलबार चाँदीको मूल्य १५ रूपैयाँ बढेर एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया