सुनको मूल्य ८ सय रूपैयाँले उकालो

काठमाडाैं । सोमबार प्रतितोला २ सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार ८ सय रूपैयाँ बढेको छ । आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक लाख १ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेर एक लाख ३ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै सोमबार स्थिर चाँदीको भाउ मंगलबार बढेको छ । मंगलबार चाँदीको मूल्य १५ रूपैयाँ बढेर एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया