वैज्ञानिकले समुद्रमा भेट्टाए ५ हजारभन्दा बढी भाइरस
काठमाडौं । सारा विश्व विगत दुई वर्षदेखि कोरोना भाइरससँग लडिरहेको बेला वैज्ञानिकहरुले समुद्रमा ५ हजार ५ सय नयाँ भाइरस फेला पारेका छन् ।
अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले कोरोनाजस्तै यो पनि आरएनए भाइरस भएको बताएका छन् । पत्ता लागेको भाइरस भारतको अरब सागर र हिन्द महासागरको उत्तरपश्चिमी क्षेत्रमा पनि रहेको चिन्ताको विषय हो ।
यो अध्ययन हालै साइन्स जर्नलमा प्रकाशित भएको छ । भाइरस पत्ता लगाउन वैज्ञानिकहरुले विश्वका सबै समुद्रका १२१ क्षेत्रबाट ३५ हजार पानीको नमूना लिएका थिए । अनुसन्धानमा उनीहरुले करिब ५ हजार ५ सय नयाा आरएनए भाइरस फेला पारे । यी भाइरस ५ विद्यमान प्रजाति र ५ नयाँ प्रजातिका थिए ।
अनुसन्धानकर्ता म्याथ्यू सुलिवान भन्छन्, ‘नमुनाअनुसार नयाँ भाइरसको संख्या धेरै कम छ । भविष्यमा लाखौं भाइरस भेटिने सम्भावना छ ।’ सुलिवानका अनुसार संसारलाई मृत्युको जोखिममा पारेको आरएनए भाइरसबारे मात्रै हामी जानकार छौं । जसमा इबोला, इन्फ्लुएन्जा र कोरोना भाइरस पर्छन् । भविष्यमा नयाँ रोगहरुबाट बच्न हामीले पहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उनको भनाइ छ ।
अनुसन्धानले ताराभिरिकोटा, पोमिभिरिकोटा, पारागेनोभिरिकोटा, भामोभिरिकोटा र आक्र्टिभिरिकोटा नामका ५ नयाँ भाइरस प्रजाति फेला पारेको छ । जसमध्ये ताराभिरिकोटा प्रजाति विश्वका प्रत्येक समुद्रमा पाइन्छ । सुलिवानका अनुसार इकोलोजीको दृष्टिकोणले यो खोज धेरै महत्वपूर्ण छ । यो अध्ययन समुद्री जलवायु परिवर्तनको अनुसन्धान गर्ने तारा ओसियन कन्सोर्टियम नामक विश्वव्यापी परियोजनाको एउटा भाग हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया