खल्तीबाट वर्ल्ड लिंकको बिल तिर्दा १० प्रतिशत भ्याट फिर्ता पाउने
काठमाडौं । खल्ती डिजिटल वालेटबाट वर्ल्ड लिंकको बिल भुक्तानी गर्दा प्रयोगकर्ताले १० प्रतिशत भ्याट फिर्ता पाउने भएका छन् । आन्तरिक राजश्व विभाग र वर्ल्डलिंकसँग समन्वय गरी उक्त योजना ल्याइएको खल्तीले जनाएको छ ।
उपभोक्ताहरूले भ्याट गरेको १३ प्रतिशत रकमको १० प्रतिशत फिर्ता पाउने कम्पनीले जानकारी गराएको छ । यो सुविधा व्यक्तिगत खल्ती प्रयोगकर्ताले मात्रै पाउने छन् । कम्पनीका अनुसार वर्ल्डलिंक जडान पनि व्यक्तिगत हुनुपर्नेछ ।
यो सुविधा व्यवसायीक तथा कर्पोरेट ग्राहकहरुले भने पाउने छैनन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया