NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

खानेपानीमन्त्रीले गरे मेलम्चीको उद्घाटन, काठमाडौंमा पानी आउन अझै दुईसाता लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको उद्घाटन भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सिन्धुपाल्चोकको अम्बाधान पुगेर पानीको उद्घाटन गरेका हुन् ।

आज बिहान ११ बजेर ५५ मिनेटमा उद्घाटन भएसँगै मुख्य सुरुङमा पानी भर्न सुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । मेलम्ची आनेपानी आयोजना समितिमा सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरका अनुसार काठमाडौंमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।

गत वर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष