NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

११ महिनामा ९१ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडाैं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशतले कमी आई ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ ।

यस्तो आप्रवाह फागुन महिनामा मात्रै ९१ अर्ब प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । यसले विप्रेषण आप्रवाह बढदै जाने संकेत गरेको छ।

त्यस्तै पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । फलस्वरुप, सन् २०२२ को मार्चसम्म(पहिलो ३ महिनामा) नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ । सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन्।