NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मेलम्चीको पानी १६ वैशाखपछि

सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यकामा पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्नेछ ।

वितरण प्रणालीमार्फत उपभोक्ताका धारामा पानी पठाइने राजधानी दैनिकले लेखेको छ । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले मंगलबार सुरुङमा पठाइएको प्रतिसेकेण्ड २ सय ६५ लिटर पानी काठमाडौ. सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने बताएका छन् । सुन्दरीजलमा पानी आइपुगेको द२ दिनपछि वितरणका लागि तयार हुनेछ ।