सुनको मूल्य पुन: उकालो, १ लाख १ हजार ५०० रूपैयाँमा कारोबार हुँदै

काठमाडाैं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँ बढेर एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख ९ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला २ सय रूपैयाँ घटेको थियो ।
त्यस्तै आइतबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेर एक लाख ३ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रूपैयाँले नै बढेर एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार तोलामा १५ रूपैयाँ बढेको चाँदी बुधबार २० रूपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार चाँदी एक हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार चाँदी प्रतितोफा एक हजार ३८० रूपैयाँमा भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया