बीटीआइमा स्नातक अध्ययन सुरु हुने

काठमाडाैं । बुटवलमै प्राविधिक शिक्षाको उच्च तहका कक्षा सञ्चालनका लागि यहाँको पुरानो प्राविधिक शिक्षण संस्था बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआइ) मा स्नातक तहको अध्यापन हुने भएको छ । आगामी शैक्षिक सत्रदेखि सो तहको अध्यापन सुरु हुन लागेको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा इन्स्टिच्युट र काठमाडौँ विश्वविद्यालय काठमाडौँको सहकार्यमा चार वर्षे ब्याचलर अफ टेक्निकल एजुकेशन (बीटेकएड), जनरल मेकानिकल इन्जिनियरिङ जनरल विषयको पठनपाठन गर्ने गरी गत पुसमा सम्झौता भएको थियो । यो कार्यक्रमले लामो समयदेखि स्नातक कार्यक्रम सञ्चालन गर्ने योजना पूरा भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । आगामी असोजदेखि सुरु हुने शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने तालिका तय भएको बीटीआइका कामु कार्यकारी निर्देशक इन्जिनियर अभिमन्यु पन्थीले जानकारी दिए ।
२०२१ सालमा तीन जना प्राविधिक तालिम दिइ सुरु भएको बीटीआइले हालसम्म २५ भन्दा धेरै प्राविधिकले तालिम प्राप्त गरिसकेका छन् । हाल उक्त इन्स्टिच्युटमा दुई वर्षे १२१ जना, चार वर्षे ७६ जना, प्रिडिप्लोमा १५३ जना गरी जम्मा ३३२ अध्ययनरत छन् । यसबाहेक छोटो अवधि तालिम कार्यक्रमअन्तर्गत तीन हजार १८४ ले तालिम लिइसकेका छन् ।
बीटीआइबाट उत्पादिन प्राविधिक जनशक्ति हाल देशका विभिन्न उद्योगमा रोजगार पाएर खपत भएका छन् । विभिन्न उद्योगीले यहाँबाट उत्पादित जनशक्तिलाई रोजगार प्रदान गर्दैआएको रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले जानकारी दिए । बीटीआइमै तीन वर्षे शैक्षिक डिप्लोमा कार्यक्रम थप गर्ने र छिट्टै बीटीआइलाई इन्जिनियरिङ कलेजको रुपमा विकास गर्ने योजना रहेको बीटीआइका कामु निर्देशक पन्थीको भनाइ छ ।
यस्तै बीटीआइबाट उत्पादित जनशक्तिबाट सयौँ उद्योगको स्थापना र सञ्चालन भएका छन् । उद्योग सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव र सीप नभएको जनशक्ति मात्र उत्पादन गर्दा काम नपाउने र बेरोजगार बन्नुपर्ने भएकाले नेपालमै पहिलो पटक २०२० सालमा प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रशिक्षण केन्द्रका रुपमा बीटीआइको स्थापना भएको हो ।
यस संस्थामा हाल डिप्लोमा तालिम कार्यक्रमअन्तर्गत चार वर्षे मेकानिकल, बिल्डिङ र इलेक्ट्रिकल, जुनियर टेक्निसियनअन्तर्गत दुई वर्षे मेकानिकल, बिल्डिङ, कार्पेन्ट्री र बिल्डिङ एण्ड कन्स्ट्रक्सन, प्रिडिप्लोमा तालिम कार्यक्रमअन्तर्गत दुई वर्षे मेकानिकल र इलेक्ट्रिकल, एक हप्तादेखि छ महिनाका मागमा आधारित विभिन्न तालिम सञ्चालन हुँदै आएका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया