खानेपानी मन्त्रालयमा रोजगारीको अवसर

काठमाडाैं । खानेपानी मन्त्रालयले अध्यक्ष एवं सदस्य पदमा कर्मचारी माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिम उक्त पदमा काम गर्ने इच्छुक योग्यता पुगेका नेपाली नागरिक माग गरेको हो ।
मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारले सूचना जारी भएको सात दिनभित्र आवेदन मन्त्रालयमा (प्रशासन महाशाखा)मा दिन सक्नेछन् ।
प्रतिक्रिया