माध्यामिक तह अध्यापन अनुमति पत्र परीक्षाको आवेदन खुला
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र परीक्षाको आवेदन खुलाएको छ । आयोगले बुधबार सूचना जारी गर्दै परीक्षाको लागि आवेदन खुलाएको हो ।
आयोगले शिक्षक सेवा नियमावली,२०५७ को नियम ९ को उपनियम९१० को खण्ड ९ग० वा नियम ९ को उपनियम ९७० बमोजिम उक्त परीक्षा हुन लागेको आयोगले जनाएको छ । आयोगका अनुसार न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक उम्मेदवारले आजबाट अनलाइन दरखास्त दिनसक्नेछन् ।
उक्त आवेदन वैशाख २९ गतेसम्म खुला रहने तथा दोब्बर दस्तुरको हकमा जेठ पाचँ गतेसम्म उम्मेदवारले दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया