पूर्वराजाको चिन्ता : हामी कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा पो छौं कि !
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली नेताहरूले अबलम्बन गरिहेको छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले नेपालले लिएको छिमेक नीतिका कारण राष्ट्रिय अस्मितामा असर पर्नेतर्फ संकेत गरेका छन् । यसतर्फ नेपालीहरू सधैं चनाखो हुनुपर्ने उनको भनाइ छ ।
‘छिमेकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
पूर्वराजा शाहले नेपालको परराष्ट्र नीति एकपक्षीय हुने लागेको तर्फ पनि चिन्ता व्यक्त गरेका छन् ।
‘नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको छ । यो आफैंमा आत्महीनताको विषय हो’, उनले भनेका छन् ।
पूर्वराजा शाहले अर्थतन्त्रमा समस्या उत्पन्न भएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । उनले अर्थविद् र उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण महंगी र आर्थिक बोझले नेपालीको गुजारा कठिन बनेकोसमेत दाबी गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया