सगरमाथा चढ्न ४५ देशका आरोहीले अनुमति लिए
काठमाडौं । सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि नेपालसहित ६५ देशका आरोही धमाधम अनुमति लिएर गन्तव्यतिर निस्किएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४५ देशका ५६ पुरुष र १९४ गरी कूल २५० आरोही आएका छन् ।
सगरमाथा हिमालबाट मात्रै ३१ करोड बढी रोयल्टी संकलन भएको छ । अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।
यो वर्ष पनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ ।
हिमाल आरोहणमा निकै उत्साहजनक भएको व्यवसायीको भनाइ छ । नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष एव्म वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि केही उत्साह थपिएको बताए ।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३१ आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
विभागको पर्वतारोहण शाखाको तथ्यांकमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति जारी भएको छ । हिमाल आरोहणबाट हालसम्म ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया