सगरमाथा चढ्न ४५ देशका आरोहीले अनुमति लिए

काठमाडौं । सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि नेपालसहित ६५ देशका आरोही धमाधम अनुमति लिएर गन्तव्यतिर निस्किएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४५ देशका ५६ पुरुष र १९४ गरी कूल २५० आरोही आएका छन् ।
सगरमाथा हिमालबाट मात्रै ३१ करोड बढी रोयल्टी संकलन भएको छ । अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।
यो वर्ष पनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ ।
हिमाल आरोहणमा निकै उत्साहजनक भएको व्यवसायीको भनाइ छ । नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष एव्म वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि केही उत्साह थपिएको बताए ।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३१ आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
विभागको पर्वतारोहण शाखाको तथ्यांकमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति जारी भएको छ । हिमाल आरोहणबाट हालसम्म ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया