नयाँ वर्ष मनाउन कालिञ्चोकमा भीड

चरिकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो ।
देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिञ्चोक पुगेका हुन् । तीन हजार ८४२ मिटर उचाइको प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी पशुराम घिमिरेले बताए । कालिञ्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ ।
नयाँ वर्षमा आउने पर्यटकका लागि कालिञ्चोकका व्यवसायीले विशेष छुटको व्यवस्थासमेत गरेका छन् ।
दोलखा, सिन्धुली, बर्दिवास छोटो दूरीको यातायातबाट जोडिएसँगै हिमाली जिल्ला दोलखामा तराई केन्द्रित पर्यटकको संख्या वृद्धि भएको छ ।
तराईबाट तीन घण्टाको दूरीमै चरिकोट आउन सकिने हुँदा गर्मी छल्नका लागि पारिवारिक भ्रमणमा तराई तथा भारतका केही क्षेत्रका मानिस दोलखा आउने गरेको पाइन्छ ।
कालिञ्चोकसँगै दोलखाको पर्यटकीय क्षेत्र जिरी सैलुङ, खरिढुंगा, फिलिमसिटी गुराँसपार्कलगायत क्षेत्र आन्तरिक पर्यटकले भरिएको छ ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया