अल-अक्सा मस्जिदमा भएकाे झडपमा १५० घाइते
जेरुसेलम । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब एक सय ५० जना घाइते भएका चिकित्सकहरूले बताएका छन् ।
प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ ।
झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो । इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया