को हुन् मेलिनाका प्रेमी ?

काठमाडौं । चर्चित गायिका मेलिना राईले प्रेमी सार्वजनिक गरेकी छिन् ।
गायिका मेलिनाका प्रेमी गितारिस्ट सञ्जीव बराइली हुन् ।
मेलिनाले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएकी हुन् । यद्यपि, उनले भावी पतिको नाम भने खुलाइकी छैनन् ।
यता, सञ्जीवले पनि फेसबुकमा तस्बिर राख्दै ‘टु द न्यु बिगिनिङ’ लेखेका छन् ।
स्रोतका अनुसार उनीहरू लामो समयदेखि प्रेममा थिए । हालमात्र सम्बन्ध सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया