NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

आफ्नै घर छैन, भाडामा बस्छन् विश्वका सबैभन्दा धनी एलन मस्क

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले बिहीबार ट्वीटर किन्न प्रस्ताव गरेका छन् । यसका लागि उनी प्रति सेयर ५४.२९ डलरका दरले ३.२० लाख करोड नगद तिर्न तयार भएका छन् । उनी ट्वीटर किन्न सफल हुन्छन् वा हुँदैनन निश्चित छैन तर यस प्रस्तावले पुनः एकपटक उनलाई चर्चामा तानेको छ ।

हामी यहाँ एलन बारे केही रोचक तथ्यहरु प्रस्तुत गरेका छौं । यीमध्ये धेरै कुरा तपाईहरुलाई पनि थाहा होला र कतिपय कुरा कमैलाई थाहा हाेला । पृथ्वीमा घर नभएका तर मंगल ग्रहमा उपनिवेश स्थापना गर्न चाहने यस्ता व्यक्तिको जीवनबारे पढौं न त :

-एलन मस्ककी आमा अमेरिकी र बुबा दक्षिण अफ्रिकी थिए । उनी सन् १९७१ को जुन २८ मा दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा जन्मिएका हुन् । १२ वर्षको उमेरमा, एलनले भिडियो गेम बनाएका थिए । त्यसपछि यसलाई ५०० डलरमा एक पत्रिकालाई बेचे । उनले स्पेस फाइटिंग गेमको नाम ब्लास्टर राखेका थिए ।

-मस्कले आफ्ना भाइ किम्बलसँग मिलेर जिप २ नामक सफ्टवेयर कम्पनी खोलेका थिए । पछि यसलाई २२ मिलियन डलरमा कम्प्याक कम्पनीलाई पनि बेचे । एलोन मस्कले १९९९ मा १० मिलियन डलरको लगानीमा एक्स डट कम सुरु गरेका थिए । पछि यो कन्फिनिटी नामको कम्पनीमा मर्ज भएर पछि पेपल बन्यो ।

-सन् २००२ मा इबेले १.५ बिलियन डलरमा पेपल किन्यो, जसमा मस्कको १६५ मिलियन डलरको सेयर थियो । त्यसपछि मस्कले अन्तरिक्ष अनुसन्धानको प्रविधिमा काम गर्न थाले । उनको सोही कार्यक्रमको नाम ‘स्पेसएक्स’ राखिएको छ । उनले यसपछि भनेका थिए, ‘आगामी समयमा मानिस पृथ्वीबाहेक अन्य ग्रहमा पनि बस्न सक्नेछन् ।’

-सन् २००४ मा एलन मस्कले इलेक्ट्रिक कार कम्पनी टेस्ला स्थापना गरेर र उनले त्यतिबेला भनेका थिए, ‘अन्तरिक्षमा जाने रकेटसहित भविष्यमा सबै कुरा विद्युतीय हुनेछ र यो परिवर्तन ल्याउन टेस्लाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

-डिसेम्बर २०१६ मा एलन मस्कले ट्वीट गर्दै ट्राफिकले मलाई पागल बनाइरहेको छ। म सुरुङ बोरिङ मेसिन बनाउँदै छु र खन्न थाल्न लागेको छु । त्यही दिन उनले बोरिङ कम्पनी दर्ता गराए । उनले २०१८ मा भूमिगत सुरुङको प्रोटोटाइप पनि बनाएका थिए । उनले बोरिङ कम्पनीमार्फत एउटा मेसिन पनि बनाए र मजाक-मजाकमै २० हजार युनिट बिक्री गरे ।

-एलन मस्क मंगल ग्रहमा मानव बस्ती बसाल्न चाहन्छन् । आणविक युद्ध वा क्षुद्रग्रहको टक्करका कारण पृथ्वीको अस्तित्व नै खतरामा पर्ने भन्दै उनले यस्तो अवस्थामा मंगल ग्रह सबैभन्दा उपयुक्त हुने बताउँछन् । सेप्टेम्बर २०१६ मा मस्कले आफ्नो योजना र प्राविधिक पक्षहरु विस्तृतमा व्याख्या गरेका थिए । मस्कका अनुसार स्पेसएक्स रकेट सन् २०२२ सम्ममा मंगल ग्रहमा जान सक्छ । त्यहाँ २०५० सम्ममा मानव बस्ती बस्ने पनि उनको भनाइ छ ।

-२०२० मा एलन मस्कले ट्वीटरमार्फत् आफ्नो विलासी जीवन शैली घटाउँदै जाने बताएका थिए । उनले आफूसँग एउटा पनि घर नहुने बताएका थिए । उनले एक वर्षमा आफ्ना ७ वटा आलिसान महल बेचेका छन् । फोब्र्सको रिपोर्टअनुसार उनी भाडाको घरमा बस्दै आएका छन् । यो घर बक्सबल नामक हाउजिङ स्टार्टअपले बनाएको हो । उनी बस्ने घर फोल्डिङ गरेर एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने किसिमको छ ।

एलन मस्क विश्वकै सबैभन्दा धनी

यसरी पुग्नेछन् मंगल ग्रहमा मान्छेहरू