हलले ‘ए मेरो हजुर–४’ हटाएपछि रिसाए अशोक शर्मा
काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को शो घटाएपछि नेपाल चलचित्र संघका महासचिव तथा फिल्म निर्माता अशोक शर्माले हल सञ्चालकहरूलाई चेतावनी दिएका छन् ।
उनले फेसबुकमा स्ट्याटस लेख्दै अब आउन सक्ने आँधीबेहरीको सामनाका लागि तयार हुन भनेका छन् । फिल्म हाउसफुल हुँदा हुँदै शुक्रबार केही हलहरुले शो हटाउनुको कारणबारे पनि जवाफ मागेका छन् ।
वैशाख १ गतेबाट भारतीय चलचित्र ‘केजिएफ २’ र ‘ए मेरो हजुर-४’ सँगै हलमा रिलिज भएका थिए । हल सञ्चालकहरुले ‘केजिएफ २’ प्राथमिकता दिएर फिल्म चलाइरहेका छन् ।
‘केजीएफ २’को दबदबाबीच ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा सुखद् कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन फिल्मले सिंगल र मल्टीप्लेक्स दुवैतर्फ हाउसफुल व्यापार गर्यो । तर, फिल्मले दर्शकको राम्रो साथ पाइरहँदा पनि मल्टीप्लेक्सहरुले शो घटाएका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया