कति पुग्यो युद्धमा ज्यान गुमाउने युक्रेनी सैनिकको संख्या ?

काठमाडौं (एजेन्सी) । रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका हुन् ।
सिएनएनसँगको कुराकानीका क्रममा शुक्रबार उनले दिएको जानकारी अनुसार अरु १० हजार भन्दा बढी युक्रेनी राष्ट्र सेवक घाइते भएका छन् ।
घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए ।
मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे । झण्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ । सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भएपनि सहमति हुन नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ ।
अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्ता मार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया