प्रचण्ड, माधव र विप्लव समूहका नेताहरूबीच भेटवार्ता, चुनावअघि नै मुद्दा फिर्ता लिनेबारे छलफल
काठमाडौं । सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वायनका विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
जेलमा रहेका आफ्ना सम्पूर्ण बन्दीको रिहाइ र तीन बुँदे सहमतिको कार्यान्वयनमा सहयोग गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल भएको एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले जनकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र विप्लव नेकपाका धर्मेन्द्र बाँस्तोलालगायत नेताहरूबीच आइतबार बिहान नेपाल निवास कोटेश्वरमा छलफल भएको हो । उनीहरूले राखेको प्रस्तावमा आफूहरू सकारात्मक भएको बताए ।
‘बन्दी रिहाइ र तीन बुँदे सहमति कार्यन्वयनको विषयमा छलफल गर्न उहाँहरू आउनुभएको थिए’, उनले भने, ‘उहाँहरूले राखेको प्रस्तावमा हामी सकारात्मक छौं ।’
गत महिना कपिलवस्तुमा बसेको नेकपाको बैठकमा महासचिव नेत्रविक्रम चन्दले स्थानीय तहको निर्वाचनमा भाग लिने राजनीतिक प्रस्ताव पेश गरेपछि पार्टीभित्र विग्रह सुरू भएको छ । केही दिन यता बाँस्तोला र हेमन्तप्रकाश ओलीले दलका शीर्ष नेतहरूलाई भेटेर आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै आएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया