NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

पोखराको मेयर बन्न कांग्रेसमा गण्डकीका मन्त्रीसहित १८ जनाको आवेदन

काठमाडौं । पोखरा महानगरपालिकाको प्रमुख (मेयर)को उम्मेदवार बन्नका लागि सत्तारुढ दल नेपाली कांग्रेसमा गण्डकी प्रदेशका मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् ।

आइतबार कांग्रेस महानगर समितिमा गण्डकी प्रदेशका बहालवाला कानुनमन्त्री विन्दूकुमार थापासहित १८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

महानगर कमिटी पोखराले दिएको जानकारीअनुसार आइतबार बिहानदेखि ४ बजेसम्मका लागि निवेदन दिन आह्वान गरेको थियो ।
उम्मेदवारका लागि आवेदन दिनेमा कृष्णबहादुर केसी, परमेश्वर पोखरेल, सुदीपमोहन भट्टराई, निर्मलप्रसाद कर्माचार्य, बाबुराम आचार्य, सरस्वती गुरुङ रहेका छन् ।

त्यस्तै गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुच्छे, नन्दप्रसाद तिवारी, विश्वशंकर पालिखे, किशोरदत्त बराल र बाबुराम गिरी छन् । यसैगरी गणेशबहादुर भट्टराई, किरण केसी, कोपिला रानाभाट, विश्व घिमिरे र ऋषि सापकोटा पनि छन् ।

आइतबार बसेको गठबन्धनको बैठकले ६ महानगरसहित ११ उपमहानगरमा उम्मेदवारको छनोटको विषय सोमबार टुंग्याउने सहमति गरेको थियो ।