पल प्रकरणमा नयाँ ट्वीस्ट : पीडित भनिएकी नाबालिगले बयान फेरे अब के हुन्छ ?

काठमाडौं । पल शाह प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । करणी मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले नै बयान फेरेकी छिन् । जाहेरी अनुसारको आरोप सही नभएको भन्दै आफूले उक्साहटमा जाहेरी दिएको भन्दै बयान फेरकी हुन् ।
पीडित किशोरीको बयान लिइए पनि तनहुँ जिल्ला अदालतमा जाहेरी दिने बाबुको बकपत्र बाँकी छ ।
के हुन्छ दुवैले बयान फेरेमा ?
पल प्रकरणमा बहस गरेका एक वकिलका अनुसार ती किशोरीको बयान पूरै भेरिएको छ । ‘ती किशोरीले पलले आफूलाई बलात्कार नगरेको तर उक्साहटमा जाहेरी दिएको बयान दिएकी छिन् । उनको बयान पूरै भेरिएको छ’ ती वकिलले भने, ‘पहिले पोखरा, तनहुँ गैडाकोटमा पलले आफूलाई बलात्कार गरेको जाहेरी दिइन् । अहिले त्यस्तो नभएको र उक्साहटमा जाहेरी दिएको बयान दिएकी छिन् ।’
तर पल परिवारको प्रभाव वा दबाबमा उनले बयान फेरेको हुन सक्ने आशंका बढेको छ ।
उक्साहटमा नै जाहेरी दिएको भन्ने ती किशोरीको बयान ठीक भएको अनुमान गरे अदालतले सामान्य रुपमा दुवैलाई छोड्न सक्ने पनि ती वकिल बताउँछन् । तर जाहेरीका आधार, जुटेका प्रमाणलाई पनि हेरिने उनी बताउँछन् । अदालतसम्मै सेटिङमा पनि यस्ताे हुन सक्ने ती वकिल बताउँछन् ।
जाहेरी दिने बाबु र छोरी दुवैले उक्साहटमा लागेर जाहेरी दिएको विषय स्वभाविक लागे मात्रै शाह सामान्य अवस्था छुट्नेछन् ।
तर जाहेरी एउटा दिने प्रभावमा परेर बयान फेरे नाबालिग किशोरीका बाबु छोरीलाई नै जेल सजायसमेत हुन सक्नेछ ।
‘बयान फेर्दा प्रहरी, अनुसन्धान अधिकृत र सरकारी वकिलको अभियोजनलाई चुनौती दिएको हुन्छ । पहिले जाहेरीमा पटकपटक बलात्कार गरेको भनिएको छ । अहिले बयान फेरिने अवस्था देखिएको छ’ ती वकिल भन्छन्, ‘बयान फेरेर प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोजनलालाई चुनौती दिएको भन्दै जाहेरीवालालाई ६ वर्षसम्म कैद पनि हुन सक्नेछ ।’
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया