पल प्रकरणमा नयाँ ट्वीस्ट : पीडित भनिएकी नाबालिगले बयान फेरे अब के हुन्छ ?
काठमाडौं । पल शाह प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । करणी मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले नै बयान फेरेकी छिन् । जाहेरी अनुसारको आरोप सही नभएको भन्दै आफूले उक्साहटमा जाहेरी दिएको भन्दै बयान फेरकी हुन् ।
पीडित किशोरीको बयान लिइए पनि तनहुँ जिल्ला अदालतमा जाहेरी दिने बाबुको बकपत्र बाँकी छ ।
के हुन्छ दुवैले बयान फेरेमा ?
पल प्रकरणमा बहस गरेका एक वकिलका अनुसार ती किशोरीको बयान पूरै भेरिएको छ । ‘ती किशोरीले पलले आफूलाई बलात्कार नगरेको तर उक्साहटमा जाहेरी दिएको बयान दिएकी छिन् । उनको बयान पूरै भेरिएको छ’ ती वकिलले भने, ‘पहिले पोखरा, तनहुँ गैडाकोटमा पलले आफूलाई बलात्कार गरेको जाहेरी दिइन् । अहिले त्यस्तो नभएको र उक्साहटमा जाहेरी दिएको बयान दिएकी छिन् ।’
तर पल परिवारको प्रभाव वा दबाबमा उनले बयान फेरेको हुन सक्ने आशंका बढेको छ ।
उक्साहटमा नै जाहेरी दिएको भन्ने ती किशोरीको बयान ठीक भएको अनुमान गरे अदालतले सामान्य रुपमा दुवैलाई छोड्न सक्ने पनि ती वकिल बताउँछन् । तर जाहेरीका आधार, जुटेका प्रमाणलाई पनि हेरिने उनी बताउँछन् । अदालतसम्मै सेटिङमा पनि यस्ताे हुन सक्ने ती वकिल बताउँछन् ।
जाहेरी दिने बाबु र छोरी दुवैले उक्साहटमा लागेर जाहेरी दिएको विषय स्वभाविक लागे मात्रै शाह सामान्य अवस्था छुट्नेछन् ।
तर जाहेरी एउटा दिने प्रभावमा परेर बयान फेरे नाबालिग किशोरीका बाबु छोरीलाई नै जेल सजायसमेत हुन सक्नेछ ।
‘बयान फेर्दा प्रहरी, अनुसन्धान अधिकृत र सरकारी वकिलको अभियोजनलाई चुनौती दिएको हुन्छ । पहिले जाहेरीमा पटकपटक बलात्कार गरेको भनिएको छ । अहिले बयान फेरिने अवस्था देखिएको छ’ ती वकिल भन्छन्, ‘बयान फेरेर प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोजनलालाई चुनौती दिएको भन्दै जाहेरीवालालाई ६ वर्षसम्म कैद पनि हुन सक्नेछ ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया